Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी


  • 197
    Shares

    एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महिला सांसदहरुले पछिल्लो समयमा किशोरीहरुमाथि भएका साइबर बुलिङका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

    एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित सो ब्युरोमा लिखित उजुरी दिएका हुन् ।

    सामाजिक सञ्जाल तथा विभिन्न भर्चुअल प्लेटहरुमार्फत विशेष गरी साइबर बुलिङ, दुव्र्यवहार, अपमानजनक व्यवहार, घृणा र टीका टिप्पणीले किशोरीहरु मानसिक उत्पीडनको सिकार भएको उजुरीमा उल्लेख छ ।

    त्यस्तो व्यवहारले उनीहरुको आत्मसम्मान, मानसिक स्वास्थ्य तथा सामाजिक सुरक्षामा गम्भीर असर पारेको उजुरीमा जनाइएको छ । यस्ता साइबर बुलिङसम्बन्धी उजुरीको छिटो र प्रभावकारी छानबिन तथा अनुसन्धान गर्न र पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरिएको छ ।

     

     

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १५:०७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij