Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

विधायन व्यवस्थापन समितिको सभापतिमा काँग्रेस सांसद रोकाय

विधायन व्यवस्थापन समितिको सभापतिमा काँग्रेस सांसद रोकाय


  • 197
    Shares

    विधायन व्यवस्थापन समितिको सभापतिमा काँग्रेस सांसद रोकाय

    काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली काँग्रेसका सांसद रोकायालाई सभापतिमा चयन गरेको हो । 

    बैठक समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो । सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रश्ताव पेश गरेकोमा उक्त प्रश्ताव सर्वसम्मतिले पारित भएको छ । 

    समिति सभापतिमा सर्वम्मत भएपनि रोकायाले कसैप्रति कुनैपनि प्रकारको आग्रह नराखि पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बढाउनेगरी भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
     
    समितिले चयन भएर आएका नयाँ सांसदहरुलाई समेत स्वागत गरेको छ । 

    images
    प्रकाशित मिति :चैत्र २४ २०८२ मंगलवार - १५:००:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij