२०८२ चैत्र २४ गते मंगलवार
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन यातायातमा जोरबिजोर प्रणाली लागु गर्ने सक्ने बताएको छ ।
बैठकपछि मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पनि पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत निर्णय लिएको बताइन् ।
त्यसक्रममा मन्त्री रावलले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय भएको बताइन् ।
नेपाल सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भइरहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न सकिने र ईभी तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको स्पष्ट पारिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij