Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज २५६५औं बुद्ध जयन्ती, बुद्धका सन्देश अहिलेपनि उत्तिकै सार्थक

आज २५६५औं बुद्ध जयन्ती, बुद्धका सन्देश अहिलेपनि उत्तिकै सार्थक


  • 6.7K
    Shares

    • images
    आज  २५६५औं बुद्ध जयन्ती, बुद्धका सन्देश अहिलेपनि उत्तिकै सार्थक

    काठमाडौं। आज २५६५ औं बुद्ध जयन्ती । बौद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी मनाउँदै छन् ।

    यस वर्ष कोरोना भाइरस (कोभिड १९) को महामारीका त्रासले बुद्ध जयन्तीका अवसरमा गरिने औपचारिक कार्यक्रम आयोजना भएका छैनन । विश्व शान्तिको कामना व्यक्तिगत रूपमै बुद्ध जयन्ती मनाइँदैछ।

    शान्तिका अग्रदूत एवं एशियाका ताराको रूपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा महत्वका साथ स्मरण गर्ने गर्छन् ।

    कोरोना भाइरसको जोखिमका कारण यस वर्षको बुद्धजयन्ती प्रार्थना र पूजापाठ गरी सीमित व्यक्तिहरुका बीचमा मनाइन लागेको जनाइएको छ ।

    विगतमा लुम्बिनीमा यस दिन श्रद्धालुहरूको भीड लाग्ने गरेको थियो । काभ्रेपलाञ्चोकको नमोबुद्ध, काठमाडौँको बौद्ध, स्वयम्भू, चाबहिलस्थित चारुमती विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तूप, चैत्यमा बुद्ध मूर्तिसहित शोभायात्रा र शान्ति पदयात्रा निकाल्ने गरिन्थ्यो ।

    नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा करीब दुई हजार ६०० वर्षअघि सिद्धार्थ गौतम राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मी २९ वर्षका उमेरमा दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए । कठोर तपस्यापछि सिद्धार्थ गौतम नै गौतम बुद्धका नामले प्रसिद्ध भए ।

    ६ वर्षको तपस्यापछि ३५ वर्षका उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा बुद्धत्व प्राप्ति भयो। यसपछि बुद्धका रुपमा विश्व प्रसिद्धि पाएका हुन् । ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिएका थिए । जसलाई ‘धर्मचक्र प्रवत्र्तन’ भनिन्छ।

    सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गरे, जसमा संसार दुःखै-दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो ।

    राष्ट्रिय विभूति गौतम बुद्धले बताएको आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि प्रज्ञा, शील र समाधि पर्छन्।

    यसैगरी पञ्चशीलमा चोरी नगर्नू, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नू, मद्यपान नगर्नु र हिंसा नगर्नू रहेका छन्। हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ। यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्धजयन्ती मनाउँछन्।

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - ०५:२९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij