Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने


  • 330
    Shares

    ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकिएको छ । 

    सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमबार रिटमाथिको सुनुवाइ सकिएको हो । मुद्दामा आजै फैसला आउने बताइएको छ । 

    आइतबार ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको थियो । आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए ।

    जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो । 

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते निवेदन दर्ता गराएका थिए । 

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १७:०५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij