Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते

देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते


  • 253
    Shares

    देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका-१६ मा एक पुरुष आज मृत भेटिएका छन् । उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेका छन् ।

    स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा छुरा प्रहार भएजस्तो घाउसहित मृतावस्थामा फेला परेका हुन् । उनकी ७० वर्षीय श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर चोटसहित अचेत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काले बताएका छन् ।

    उनका अनुसार घाइते गुलबासेनियालाई उपचारका लागि चितवन लगिएको छ । घरमा दम्पती मात्र बस्दै आएका र छोराबुहारी छुट्टै घरमा बस्दै आएको खुलेको छ । घटनास्थलमा कुकुर सहितको अनुसन्धान टोली खटिएको प्रहरी उपरीक्षक खड्काले बताएका छन् । 

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १७:०१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij