Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

यी हुन् २०८२ सालमा धेरै कमाउने १० नेपाली फिल्म (सूचीसहित)

यी हुन् २०८२ सालमा धेरै कमाउने १० नेपाली फिल्म (सूचीसहित)


  • 1.9K
    Shares

    यी हुन् २०८२ सालमा धेरै कमाउने १० नेपाली फिल्म (सूचीसहित)
    images

    काठमाडौं । नीर शाहको मुख्य भूमिका रहेको चलचित्र ‘परान’ २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको वर्षभरि रिलिज भएका नेपाली फिल्मको सूची ‘परान’ सबैभन्दा अगाडि देखिएको हो । 

    ‘परान’ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाइ गर्दै अग्र स्थान कायम गरेको हो । फिल्मको टिकट ६ लाख ३० हजार ६९१ वटा बिक्री भएका छन् । 

    यस्तै दोस्रो धेरै कमाउने फिल्ममा ‘बाट आमा’ रहेको छ । फिल्मले १३ करोड १३ लाख ७८ हजार ५२० नेरु ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मको टिकट ५ लाख ४ हजार ३१९ वटा बिक्री भएका छन् ।

    त्यस्तै सूचीको तेस्रो स्थानमा अनमोल केसी स्टारर ‘जेरी अन टप’ छ । फिल्मले १२ करोड २८ लाख ८४ हजार नेरु ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मको टिकट ३ लाख ९६ हजार ५९७ वटा बिक्री भएका छन् । चौंथोमा ‘ऊनको स्विटर’ छ ।

    ‘परान’ स्पष्ट रूपमा वर्षकै सबैभन्दा ठूलो हिट बनेको छ । ‘आ बाट आमा’ र ‘जेरी अन टप’ पनि ठूला व्यावसायिक सफल फिल्म हुन् । मिड-रेन्ज ब्लकबस्टरमा ‘जारी २’, ‘बलिदान’, ‘मोहर’ जस्ता फिल्मले राम्रो प्रतिस्पर्धा गरेका छन् ।

    गत बैशाख १ गतेदेखि १८ चैतसम्म प्रदर्शनमा आएका फिल्मलाई यहाँ समेटिएको छ । ‘आबाट आमा’ र ‘हामी तीन भाइ’ अहिले पनि हलमा चलिरहेकाले ब्यापार अझै वृद्धि हुनसक्छ । यसवर्ष कुल ५६ वटा नेपाली फिल्म रिलिज भएका छन् ।

    यस्तो छ शीर्ष १० को सूची :

    १) परान- १७ करोड ७६ लाख ८४ हजार ४१० नेरु ग्रस

    २) आबाट आमा- १३ करोड १३ लाख ७८ हजार ५२० नेरु ग्रस

    ३) जेरी अन टप- १२ करोड २८ लाख ८४ हजार नेरु ग्रस

    ४) उनको स्विटर- ११ करोड ४१ लाख ९२ हजार १९५ नेरु ग्रस

    ५) जारी २- ६ करोड २४ लाख १७ हजार ४५३ नेरु ग्रस

    ६) बलिदान- ५ करोड १० लाख ५१ हजार १७२ नेरु ग्रस

    ७) मोहर- ५ करोड ८ लाख ९५ हजार ५१२ नेरु ग्रस

    ८) हरिबहादुरको जुत्ता- ४ करोड ७१ लाख ३८ हजार ६८७ नेरु ग्रस

    ९) माग्ने राजा- ४ करोड ६९ लाख ४३ हजार ६५१ नेरु ग्रस नेरु ग्रस

    १०) माइतीघर- ४ करोड १६ लाख ३१ हजार ८६३ नेरु ग्रस

     

     

     

     

     

     

     

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १७:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij