Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अमिशा पराजुलीलाई सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गर्ने एक जना पक्राउ

अमिशा पराजुलीलाई सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गर्ने एक जना पक्राउ


  • 876
    Shares

    अमिशा पराजुलीलाई सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गर्ने एक जना पक्राउ
    images

    काठमाडौं । नेकपा एमालेको विरोध कार्यक्रममा भाग गएपछि आफूलाई डिजिटल यौन हिंसा भएको भन्दै अमिशा पराजुलीले दिएको उजुरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    २० वर्षीया अमिशालाई फेसबुकमा अश्लिल कमेन्ट गरेको आरोपमा रौतहटको गुजरा नगरपालिका-२ घर भएका २४ वर्षीय अभिषेक चौधरीलाई पक्राउ गरेको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले बताएका छन् ।

    रौतहटबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको र आइतबार अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका बताएका छन् ।

    प्रारम्भिक सोधपुछको क्रममा चौधरीले आफूले कमेन्ट गरेको स्वीकार गरेका छन् । अमिशालाई यौन हिंसाजन्य कमेन्ट गर्ने अन्य आरोपीहरूको विवरण पनि साइबर ब्युरोले मेटासँग मागेको एसपी गिरीले बताएका छन् ।

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १५:०२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij