Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

अमिशा पराजुलीलाई सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गर्ने एक जना पक्राउ

अमिशा पराजुलीलाई सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गर्ने एक जना पक्राउ


  • 911
    Shares

    अमिशा पराजुलीलाई सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गर्ने एक जना पक्राउ
    images

    काठमाडौं । नेकपा एमालेको विरोध कार्यक्रममा भाग गएपछि आफूलाई डिजिटल यौन हिंसा भएको भन्दै अमिशा पराजुलीले दिएको उजुरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    २० वर्षीया अमिशालाई फेसबुकमा अश्लिल कमेन्ट गरेको आरोपमा रौतहटको गुजरा नगरपालिका-२ घर भएका २४ वर्षीय अभिषेक चौधरीलाई पक्राउ गरेको साइबर ब्युरोका एसपी दिलीप कुमार गिरीले बताएका छन् ।

    रौतहटबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको र आइतबार अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका बताएका छन् ।

    प्रारम्भिक सोधपुछको क्रममा चौधरीले आफूले कमेन्ट गरेको स्वीकार गरेका छन् । अमिशालाई यौन हिंसाजन्य कमेन्ट गर्ने अन्य आरोपीहरूको विवरण पनि साइबर ब्युरोले मेटासँग मागेको एसपी गिरीले बताएका छन् ।

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १५:०२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij