Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारी कर्मचारीलाई दुई दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्छः सांसदहरु

सरकारी कर्मचारीलाई दुई दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्छः सांसदहरु


  • 2.2K
    Shares

    सरकारी कर्मचारीलाई दुई दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्छः सांसदहरु
    images

    काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन । 

    सोमवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरेका छन्। उनले सरकारी कर्मचारीलाई सरकारले करिव ३ दिनसम्म बेरोजगार राखेर मुलुकमा बेथिति निम्त्याउन खोजेको जिकिर गर्दै सो निर्णय फिर्ता लिनैपर्ने बताएका छन् । 

    सांसद सावित्री मल्लले खाने पकाउने ग्याससहित पेट्रोललगायतका इन्धनमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारलाई दबाब दिइन् । उनले बजारमा महंगी र दैनिक उपभोग्य बस्तुको समेत अभाव भएकाले त्यसलाई सहज र सुलभ बनाउने काममा पनि सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्ने बताइन् । 

    सांसद मल्लले सरकारले मूल्य वृद्धि नियन्त्रण गरेर आम उपभोक्तालाई मारबाट पार लगाउनुपर्ने बताएका छन्।   

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १४:१५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij