Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका युवकको १६ दिनपछि मृत्यु

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका युवकको १६ दिनपछि मृत्यु


  • 2.1K
    Shares

    सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका युवकको १६ दिनपछि मृत्यु
    images

    काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-वरगदा घटनामा सुरक्षाकर्मीको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। 
     
    महाराजगञ्ज नगरपालिका-भुटहनियाका २२ वर्षीय जितेन्द्र यादवको उपचारको क्रममा आज बिहान चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन् । 

    चैत ७ गते वरगदा गाउँमा हिन्दु-मुस्लिम समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा भीड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मी चलाएको गोली पेटमा लागेर यादव घाइते भएका थिए। 

    डीएसपी सिंहले अवस्था नियन्त्रणमा लिन नेपाल प्रहरी र शशस्त्र प्रहरीले फायरिङ गरेको बताउँदै उनलाई कस्को गोली लाग्यो भन्ने अनुसन्धानकै क्रममा रहेको बताएका छन्। 
     

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १४:०५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij