Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सांसद रेखा शर्मा रिहा

सांसद रेखा शर्मा रिहा


  • 2.5K
    Shares

    सांसद रेखा शर्मा रिहा
    images

    काठमाडौं । लुम्बिनी प्रदेश सभाकी सांसद रेखा शर्मा रिहा भएकी छन्। आइतबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएको हो।

    आफ्नै घरमा काम गर्ने बालिकालाई यातना दिएको नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद शर्मा चैत १५ गते पक्राउ परेकी थिइन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले काठमाडौंको धुम्बाराहीस्थित निवासबाटै उनलाई पक्राउ गरेको हो।

    डेढ एक वर्षअघि नै शर्मामाथि घरमा बाल श्रमिक राखेर श्रम शोषण गरेको आरोप लागेको थियो। ६ वर्षदेखि शर्माले घरमा एक बालिकालाई कामदारको रुपमा राखेर कुटपिटसहित श्रमशोषण गरेको आरोप थियो। 

    ती बालिकाले आफूमाथि कुटपिट हुने गरेको बताइएकी थिइन्। उनको अवस्था पनि खराब देखिएपछि त्यतिबेला काठमाडौं महानगरपालिकाले शर्माको घरबाट ती बालिकाको उद्धार गरेको थियो। 

    660355029_938400362399122_6338100786314427666_n_rT5liL9rBq.jpg

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - २१:०८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij