Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

मन नलाग्दा नलाग्दै सांसद भएँ, उपसभामुख त बन्दिनँः महावीर पुन

मन नलाग्दा नलाग्दै सांसद भएँ, उपसभामुख त बन्दिनँः महावीर पुन


  • 302
    Shares

    मन नलाग्दा नलाग्दै सांसद भएँ, उपसभामुख त बन्दिनँः महावीर पुन

    काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले आफूलाई उपसभामुख पदमा रुची नभएको बताएका छन् । मन नलाग्दा नलाग्दै सांसद बने पनि उपसभामुख भने नबन्ने उनको भनाइ छ ।

    आज सभामुख चयनपश्चात संसदबाट बाहिरिने क्रममा पुनले सञ्चारकर्मीलाई यस्तो प्रतिक्रिया दिएका हुन् ।

    उपसभामुखमा तपाईं अघि बढ्नु हुन्छ रु भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले जवाफ दिए, ‘नबढौं, नबढौं । त्यस्तो खाने मान्छे होइन म । सांसद पनि बल्ल बल्ल भएको छु । मन नलाग्दा नलाग्दै भएको हुँ । उपसभामुखजस्तो औपचारिक पद सम्हालेर बस्ने मान्छे म होइन ।’

    आफू सांसदमा बलियो रुपमा प्रस्तुत हुने पुनले बताए । उनले भने, ‘राजनीतिको कुरामा मर्ला मतलब छैन, तर देश विकासको कुरामा मेरो प्रस्तुति राम्रो हुन्छ ।’

    छुट्टिको दिनमा किताब बेच्न जारी राख्ने योजना पुनको छ । ‘मानौं संसद वैठक बसेन, कुनै चाडपर्व भयो, बिदा भयो, शनिबार विदा भइहाल्छ, यस्तो यस्तो समयमा किताब बेच्ने हो । म एउटा चोकमा दिनभरि बसे भने एक दिनमै सयौं किताब बेचिदिन्छु ।’ उनले भने ।

    उनले गृहमन्त्री सुदन गुरुङले राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे ।

    ‘एकदम राम्रो गरेको छ, ठोक्नुपर्छ । भाइबन्दी गर्नुहुँदैन । दबाबमा काम गर्नु हुँदैन । पहिलेका गृहमन्त्रीले कारवाही गर्न खोजे पनि प्रमुख नेताहरुको दबाबमा गर्न सक्थेनन् । अहिलेको गृहमन्त्री राम्रो काम गर्नुपर्यो । ठोकेकै राम्रो हुन्छ ।’

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १७:२०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij