२०८२ चैत्र २२ गते आइतवार
काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पदभार ग्रहण गरेका छन् ।
आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
आइतबार नै बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का १८२ सांसदको समर्थन र अन्य दलको उम्मेदवारी नपरेपछि अर्याल सर्वसम्मत चयन भएका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij