Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

एमालेकी लीला कुमारी भण्डारीद्वारा राष्ट्रिय सभा उपाध्यक्षमा मनोनयन दर्ता

एमालेकी लीला कुमारी भण्डारीद्वारा राष्ट्रिय सभा उपाध्यक्षमा मनोनयन दर्ता


  • 316
    Shares

    एमालेकी लीला कुमारी भण्डारीद्वारा राष्ट्रिय सभा उपाध्यक्षमा मनोनयन दर्ता

    काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी लीला कुमारी भण्डारीले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । सङ्घीय संसद् सचिवालयको कार्यतालिकाबमोजिम आज उनले आफूलाई निर्वाचित गरियोस् भनी मनोनयनको प्रस्तावको सूचना दर्ता गराएकी हुन् । 

    उनको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी छन् । 

    आज बसेको एमाले राष्ट्रिय सभा संसदीय दलको बैठकले भण्डारीलाई उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको सांसद सोमनाथ पोर्तेलले जानकारी दिएका थिए । यसअघि पनि एमालेकी विमला सुवेदी उपाध्यक्ष थिइन् । उनको ६ बर्से कार्यकाल पूरा भएपछि उपाध्यक्ष पद खाली रहेको थियो ।

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १५:४७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij