Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

उपत्यकामा २६१३ सहित देशभर थपिए ८६३६ जना कोरोना संक्रमित, ६४०४ संक्रमणमुक्त

उपत्यकामा २६१३ सहित देशभर थपिए ८६३६ जना कोरोना संक्रमित, ६४०४ संक्रमणमुक्त


  • 8.6K
    Shares

    उपत्यकामा २६१३ सहित देशभर थपिए ८६३६ जना कोरोना संक्रमित, ६४०४ संक्रमणमुक्त

    काठमाडौं । आज देशभर थप ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ९३६ पीसीआर र ६३० जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६३६ जनामा पोजेटिभ देखिएको हो । 

    उपत्यकामा पछिल्लो २४ घण्टामा २६१३ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा १८६३, भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ गरि २६१३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ४०४ हजार जना संक्रमणमुक्त भएका छन् भने १६९ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १७ हजार २६१ जना संक्रमित आइसोलेसनमा छन् । 

    नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । जसमध्ये ४ लाख ४८ हजार ८८७ जना निको भएका छन् भने ६७ सय जनाको मृत्यु भएको छ । 

    प्रकाशित मिति :जेठ ११ २०७८ मंगलवार - १७:३१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij