Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

गृहमन्त्री गुरुङलाई सांसद पुनको सुझाव: कसैको दबाब र प्रभावमा नपर्नू

गृहमन्त्री गुरुङलाई सांसद पुनको सुझाव: कसैको दबाब र प्रभावमा नपर्नू


  • 316
    Shares

    गृहमन्त्री गुरुङलाई सांसद पुनको सुझाव: कसैको दबाब र प्रभावमा नपर्नू

    काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिएका छन् ।

    आईतवार सांसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् । विगत पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबारही गर्न नसकेको उनको भनाइ छ । उनले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने सन्दर्भमा गृहमन्त्री गुरुङले थालेको अभियान प्रसंशनीय रहेको पनि बताएका छन् । 

    उनले भने,‘ पहिले गृहमन्त्रीले कसैलाई कारबाही गर्न खोजेपनि दलका प्रमुख नेताहरुको दबाबमा गृहमन्त्रीले पनि गर्न सक्दैन्थ्यो । त्यसैले गृहमन्त्रीले कसैको पनि दबाबमा पर्नु भएन । राम्रो काम गर्नुपर्यो । तदारुकता साथ अपराधिक कार्यमा संलग्नलाई कारबाही गर्नुप¥यो ।’

    उनले संसदमा आफू प्रतिपक्षी भएकै कारण राजनीतिक स्वार्थ पूर्तिमा संलग्न नहुने बताएका छन् । 

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १३:२८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij