२०८२ चैत्र २२ गते आइतवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा संसदीय दलको नेता टुंगो लगाएको छ ।
उक्त दलको निर्णयअनुसार संसदीय दलको नेतामा झक्कु सुवेदी चयन भएका हुन् । दलको अध्यक्ष चयन भएका सुवेदीले नै आज मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहालले पत्र दिएको जानकारी दिएका छन् ।
नेकपा राष्ट्रिय सभामा दोस्रो ठूलो दल हो । सुवेदीको लामो राजनीतिक अनुभव र संसदीय मामिलामा रहेको दख्खलका कारण उनलाई यो नेतृत्व सुम्पिएको बुझिएको छ। उनको नियुक्तिले नेकपाको संसदीय भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij