२०८२ चैत्र २२ गते आइतवार
काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्ने भएका छन् ।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम रहेको छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्ने छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका छन् ।
अबदेखि अर्यालले नै प्रतिनिधि सभा बैठक सञ्चालन गर्ने भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij