Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै


  • 1.7K
    Shares

    आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
    images

    काठमाडौं । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध गैरकानुनी रूपमा ‘अकुत सम्पत्ति’ आर्जन र राजस्व चुहावट सम्बन्धी दुई वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ ।  विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा सुनुवाइ हुन लागेको हो ।

    शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख १ हजार ८२४ रुपैयाँ राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप छ । कर फर्छ्यौट आयोगले बक्यौता कर छुट दिँदा सही नियतले काम गरेको नदेखिएको भन्दै अख्तियार छुट दिएको रकम भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गरेको थियो ।  यो मुद्दामा विशेष अदालतबाट यसअघि चुडामणी शर्मासहितलाई राजस्व चुहावटमा दोषी ठहर गरेको थियो । 

    विशेष अदालतको फैसला त्रुटीपूर्ण भएको भन्दै शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल सर्वोच्च अदालत पुगेका थिए । त्यसपछि विशेष अदालतमा यो मुद्दा पुन सुनुवाइ हुन लागेको हो ।

     

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - १२:५७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij