२०८२ चैत्र २२ गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले डोल प्रसाद अर्याललाई सभामुखमा प्रस्ताव गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा अर्याललाई सभामुखका लागि प्रस्ताव गरेका हुन् ।
लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत गराउनका लागि अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानका लागि धन्यवादसमेत दिए ।
शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आजको प्रतिनिधि सभा बैठकले उनी निर्वाचित भएको औपचारिक घोषणा गर्ने छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij