Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

कांग्रेसले बोलायो संसदीय दलको बैठक

कांग्रेसले बोलायो संसदीय दलको बैठक


  • 575
    Shares

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो ।

    नेपाली कांग्रेसकी सांसद बासना थापाका अनुसार संसदीय दलको नेता चयन गनुपर्ने छ । 

    अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसकेका छन् ।

    नेकपा एमालेले रामबहादुर थापालाई संसदीय दलको नेता चयन गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नै संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन भएका छन् ।

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - ११:११:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij