Logo

२०८२ चैत्र २२ गते आइतवार

२०८२ चैत्र २२ गते आइतवार

आज यी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

आज यी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी


  • 456
    Shares

    आज यी भू–भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

    काठमाडौं । देशका केही स्थानमा आज (चैत २२) हावाहुरीको पूर्वानुमान छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  'ूमधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ,' विभागले भनेको छ ।

    नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर हाल साधारणतया बादल लागेको छ । 

    विभागका अनुसार, आइतबार (चैत २२) दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।  देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपात तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  

    राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

    कोसी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भाग, कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस र कोसी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - ०६:४६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij