Logo

२०८२ चैत्र २१ गते शनिवार

२०८२ चैत्र २१ गते शनिवार

रवि–ज्ञानेन्द्रबीच भेटवार्ता, उपसभामुखमा सहकार्यको संकेत

रवि–ज्ञानेन्द्रबीच भेटवार्ता, उपसभामुखमा सहकार्यको संकेत


  • 2.3K
    Shares

    • images
    • images
    रवि–ज्ञानेन्द्रबीच  भेटवार्ता, उपसभामुखमा सहकार्यको संकेत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ ।

    उक्त भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ। शनिबार उनीहरुबीच लामिछानेको निवासमा करिब एक घण्टा लामो छलफल भएको हो । उक्त भेटलाई निर्णायक वार्ताका रूपमा व्याख्या गरिएको छ।

    भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशा विषयमा गहन छलफल भएको बताइएको छ। रास्वपाले सभामुख पदमा डीपी अर्याललाई अघि बढाएर निर्वाचित गरिसकेको अवस्थामा अब उपसभामुख पदमा कसरी अगाडि बढ्ने भन्ने विषय केन्द्रमा रहेको स्रोतको भनाइ छ।

    संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानका कारण रासपा प्रतिपक्षसँग सहकार्य गर्नुपर्ने अवस्थामा देखिएको छ। यही सन्दर्भमा राप्रपासँगको संवादलाई रणनीतिक रूपमा हेरिएको छ।

    राजनीतिक विश्लेषकहरूका अनुसार रासपा र राप्रपाबीच सम्भावित सहकार्यले संसद्को शक्ति सन्तुलनमा प्रभाव पार्न सक्छ। विशेषगरी उपसभामुख चयन प्रक्रियामा दुवै दलबीच समझदारी बनेमा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत देखिएको छ।

    स्रोतहरूका अनुसार भेट केवल औपचारिक नभई ठोस निर्णयतर्फ उन्मुख रहेको थियो। उपसभामुख पदका लागि समर्थन आदान–प्रदान, संसदमा सहकार्यको खाका तथा भविष्यमा सम्भावित गठबन्धनबारे खुला छलफल भएको बताइएको छ। यद्यपि, दुवै पक्षले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक नगरेकाले अन्तिम निष्कर्षबारे स्पष्टता आउन बाँकी छ।

    प्रकाशित मिति :चैत्र २१ २०८२ शनिवार - १८:३३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij