Logo

२०८२ चैत्र २१ गते शनिवार

२०८२ चैत्र २१ गते शनिवार

गुन्डागर्दीमा संलग्न युवाले छाड्न थाले काठमाडौं

गुन्डागर्दीमा संलग्न युवाले छाड्न थाले काठमाडौं


  • 1.6K
    Shares

    • images
    • images
    गुन्डागर्दीमा संलग्न युवाले छाड्न थाले काठमाडौं

    काठमाडौं । गुन्डागर्दीमा संलग्न युवाले काठमाडौं छाड्न थालेका छन् । 

    प्रहरीले पक्राउ अभियान चलाएसँगै यस्ता पृष्ठभूमिका युवाले काठमाडौं छाड्न थालेका हुन् । प्रहरीले पक्राउ गर्ने सूचनापछि सिन्धुपाल्चोक घर भई बौद्धमा बसोबास गर्दै आएका  कबित कटुवाल काठमाडौंबाट भागेको प्रहरीले जनाएको छ । 

    कटुवाललाई केही महिनाअघि  ललितपुर प्रहरीले समेत पक्राउ गरेको थियो । पछिल्लो समय मिटरब्याज र धाकधम्कीमा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । 

    गए राति काठमाडौं प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १७ जनालाई पक्राउ गरेको थियो । प्रविण तामाङ, बिर्जु महर्जन, सुजन कार्की  सरू गुमागाइ लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

     

    प्रकाशित मिति :चैत्र २१ २०८२ शनिवार - १७:३१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij