Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

बादलले भने– जे दिए त्यही बोलेँ, मैले के बिराएँ ?

बादलले भने– जे दिए त्यही बोलेँ, मैले के बिराएँ ?


  • 337
    Shares

    • images
    • images
    बादलले भने– जे दिए त्यही बोलेँ, मैले के बिराएँ ?

    काठमाडौं ।  एमाले उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभाको हिजोको पहिलो बैठकमा गरेको सम्बोधनलाई लिएर पार्टीले आज दिउँसो १ बजे सचिवालयको आकस्मिक बैठक बोलाएको थियो ।

    गत निर्वाचनमा रास्वपाले प्राप्त गरेको विजयमा विभिन्न दृष्य, अदृष्य पक्ष जोडिएको भनेपछि पार्टीका नेताहरुले सामाजिक सञ्जालबाट तत्काल विरोध जनाएका छन् । उनीहरुले उक्त धारणा एमालेको नभएर बादलको भएको अर्थ लगाएपछि आकस्मिक बैठक बोलाइएको हो ।

    सोही विषयलाई लिएर बादलले आफूले नेताहरुसँग सल्लाह गरेरै बोलेको जवाफ दिएका छन् । बादल निकटस्थ स्रोत भन्छ, ‘मैले लिखित बोलेको हुँ । जसले लिखित दिएको हो, त्यही पढेको हुँ । जे दिए त्यही बोलेँ, के बिराएँ ?’


    अस्ति संसदीय दलको नेता चयनमा युवा सांसद सुहाङ नेम्वाङको उम्मेदवारीलाई अर्थहीन बनाउन सहयोग गरेका नेताहरुले नै हिजो एकाएक बादलको विरोध गरेका थिए । उनीहरुको विरोधपछि एमालेका एकथरी नेताहरु बादललाई लिखित मन्तव्य उपलब्ध गराउने स्रोतको खोजीमा लागेको पाइन्छ । भन्छन्, ‘कि अस्पतालबाट दिइयो, कि च्यासल सम्हालेर बसेका महासचिवबाट ।’ 

    बादलको भनाई उद्धृत गर्दै स्रोत भन्छ, ‘हिजोको भाषण मेरो व्यक्तिगत विचार हो र ? सम्बन्धित ठाउँबाट पाएको लिखित पत्र वाचन गरेको हुँ ।’

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १८:३१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij