Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी लागु औषधसहित पक्राउ

अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी लागु औषधसहित पक्राउ


  • 652
    Shares

    • images
    • images
    अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी लागु औषधसहित पक्राउ

    काठमाडौं । अभद्र व्यवहार कसुरको मुद्दाका फरार प्रतिवादी लागु औषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा नैकाप बस्ने २६ वर्षीय सम्राट केसी छन् ।

    केसीसँगै एक हजार ५८६ क्याप्सुल लागु औषध ट्रामाडोल बरामद भएको छ । २०७९ फागुन २ मा अभद्र व्यवहार मुद्दाको फैसलापश्चात उनी फरार भएका थिए ।

    उनीसँग भारतीय रुपैयाँ २८ हजार र आठ हजार ६०० नेपाली रुपैयाँ पनि बरामद भएको छ । प्रहरी वृत्त थानकोटले उनीमाथि अनुसन्धान अघि बढाएको छ ।   

     

     

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १७:४९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij