Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

तीन जिल्लामा बर्ड फ्लू सङ्क्रमणः ८५ हजार कुखुरा नष्ट

तीन जिल्लामा बर्ड फ्लू सङ्क्रमणः ८५ हजार कुखुरा नष्ट


  • 743
    Shares

    • images
    • images
    तीन जिल्लामा बर्ड फ्लू सङ्क्रमणः ८५ हजार कुखुरा नष्ट

    काठमाडौं । बर्ड फ्लूको समस्या देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ ।

    पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवका अनुसार बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो । प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ ।

    वरिष्ठ पशु विकास अधिकृत डा यादवका अनुसार मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लूको सङ्क्रमण देखिएको हो । सत्तरी हजार लेयर्स, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार चल्ला र दुई हजार ३२५ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ । कुखुरासँगै ५७ हाँस, दुई लाख २७ हजार अण्डा र २८ हजार किलो दाना नष्ट गरिएको उनले बताए । 

    सङ्क्रमण थप फैलिन नदिन निर्देशनालयले फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाउँदै पंक्षीजन्य वस्तुको आयात निर्यातमा रोक लगाएको वरिष्ठ पशु विकास अधिकृत डा यादवले बताए । 

    विभागले सङ्क्रमित क्षेत्रबाट पंक्षी तथा पंक्षीजन्य वस्तुको ओसारपसारमा पूर्ण रोक लगाउँदै अन्य जिल्लामा निगरानी बढाएको छ । एच ५ एन १ भाइरस पंछीबाट मानिसमा सर्न सक्ने जोखिम रहेकाले यसप्रति सजग रहन निर्देशनालयले आग्रह गरेको छ ।

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १६:१०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij