Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

१४ वर्षीय बालक होस्टलमा मृत फेला, स्कुल सञ्चालक र पाले पक्राउ

१४ वर्षीय बालक होस्टलमा मृत फेला, स्कुल सञ्चालक र पाले पक्राउ


  • 1.6K
    Shares

    • images
    • images
    १४ वर्षीय बालक होस्टलमा मृत फेला, स्कुल सञ्चालक र पाले पक्राउ

    काठमाडौं । सप्तरीको खडक नगरपालिका-७ स्थित फुलेश्वर पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीय बालकको ‘शंकास्पद’ मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा खडक नगरपालिका-१० का ४९ वर्षीय धीरेन्द्रप्रसाद चौधरी र सिरहाको लहान नगरपालिका-२० का ४१ वर्षीय भोला मण्डल रहेका छन् ।

    चौधरी स्कुलका सञ्चालन हुन् भने मण्डल पालेका रूपमा कार्यरत छन् । पक्राउ परेका दुवैमाथि आत्महत्या दुरुत्साहन कसुरमा ५ दिनको म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले बताए ।

    विगत ७ वर्षदेखि होस्टलमा बस्दै आएका खडक-९ लालपट्टीका धर्मेन्द्रकुमार साह ७ चैत शनिबार बिहान झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।

    घटनापछि स्कुलका सञ्चालक चौधरी र उनकी श्रीमती शोभा, पाले मण्डललगायतले धमेन्द्रलाई अस्पताल पुर्‍याएर मात्रै परिवारजन र प्रहरीलाई जानकारी गराएका थिए ।

    बालककी आमा ममता साहले छोरालाई स्कुलका सञ्चालक चौधरीकी श्रीमती शोभासहितले कुटपिट गरेको, ढिलो गरी घटनाबारे खबर गरेको र सीसीटीभीसमेत घटनाको बेला बन्द राखेकाले ‘शंकास्पद’ रहेको दाबी गर्दै आएकी छन् ।

    प्रहरीले शोभालाई अहिलेसम्म नियन्त्रणमा लिएको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १३:५९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij