Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

अस्पतालको बेडबाटै ओलीको बयान: गोली प्रहार गर्नु भनेर प्रधानमन्त्रीले भन्ने होइन

अस्पतालको बेडबाटै ओलीको बयान: गोली प्रहार गर्नु भनेर प्रधानमन्त्रीले भन्ने होइन


  • 148
    Shares

    • images
    • images
    अस्पतालको बेडबाटै ओलीको बयान:  गोली प्रहार गर्नु भनेर प्रधानमन्त्रीले भन्ने होइन

    काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको बयान पूरा भएको छ ।

    भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओली अहिले त्रिवि शिक्षण अस्पतालमा प्रहरीको घेरामा उपचाररत छन् । अनुसन्धान अधिकृत र अभियोजनकर्ता सरकारी वकिलले अस्पतालमै ओलीसँग बयान लिएका हुन् ।

    अनुसन्धान अधिकृतहरूले ओलीलाई ३५ भन्दा धेरै प्रश्न गरेका छन् । उनले भदौ २३ मा काठमाडौंको बानेश्वरमा किशोरहरूको मृत्यु हुनेगरी लेथल हतियारबाट गोली चलाउने आदेश आफूले दिएको अस्वीकार गरेका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ओलीले बयानमा भनेका छन्, ‘हुलदङ्गा नियन्त्रणमा लेथल हतियारबाट गोली चलाउने आदेश मैले दिएको होइन, त्यो जिल्ला तहबाटै हुने कुरा हो ।’

    जेनजी आन्दोलनबारे भदौ २२ मा राति सुरक्षा निकायसँग छलफल गरेको बताउँदै ओलीले त्यसबेला आफूलाई ‘६–७ हजार जेनजी भेला हुने र प्रदर्शन शान्तिपूर्ण हुने’ भनेर ब्रिफिङ गरिएको जिकिर गरेका छन् । ‘सुरक्षा प्रमुखहरूसँग छलफल हुँदा शान्ति सुरक्षा मिलाउनु भनेको थिएँ’ बयानमा ओलीले भने ।, 

    बल प्रयोगको विषय प्रधानमन्त्रीको कार्यक्षेत्रमा नपर्ने उल्लेख गर्दै ओलीले भनेका छन्, ‘कम क्षति हुनेगरी गर्नु भनेको हो, बल प्रयोग गर्ने निर्णय मेरो विषय नै होइन ।’

    बिहीबार राति १२ बजेतिर ओलीसँगको बयान पुरा भएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेले बताएका छन् ।

    बयानमा ओलीले प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार नै नहुने जिकिर गरेका छन् । बयानमा उनले भनेका छन्,‘ गोली प्रहार गर्नु भनेर प्रधानमन्त्रीले भन्ने पनि होइन ।’

    उनले भनेका छन्, ‘सरकारको तर्फबाट कम भन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो । सेना परिचालनको मनसाय सरकारको नभएकोले त्यसो गरिएन ।’

     

     

     

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १३:१५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij