२०८२ चैत्र २० गते शुक्रवार
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले सरकार जनताको चाहना अनुसार अघि बढ्ने बताएका छन् ।
शुक्रबार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार र पार्टी दुवै जनताको चाहनाअनुसार अघि बढ्ने टिप्पणी गरेका हुन् । सांसद सिंहले सरकारले कुनैपनि खालको भ्रष्टाचार र कुशासन स्वीकार नगर्ने समेत बताएका छन् ।
जनताले विश्वास गरेर मत दिएकाले त्यसको सदुपयोग हुनेगरी सरकार अघि बढ्ने सांसद सिंहको भनाई थियो । उनले सरकारले जनतामा परिवर्तनको अनुभूति हुनेगरी काम गर्ने भन्दै सञ्चारकर्मीहरुलाई ३ महिनासम्म त्यसको सुक्ष्म ढंगले निगरानी गर्न पनि आग्रह गरेका छन् ।
सांसद सिंहले सरकारले कामलाई प्रभावकारी बनाउने गरी पार्टीले अघि बढने पनि बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij