२०८२ चैत्र २० गते शुक्रवार
काठमाडौं । कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको बताउने एकजना युवतीले बलात्कारको आरोप लगाएकी छन् ।
परिवार निकट रहेकाले आफूले दाइ मान्दै आएको व्यक्तिबाट आफू बलात्कृत भएको विष्ट थरकी ती युवतीको आरोप छ ।
ती युवतीका अनुसार यो घटना अमेरिकामै भएको हो । उनले फेसबुकमा लामो पोस्ट गरेर यो घटना सार्वजनिक गरेकी हुन् ।
सागरले आफू बस्ने अपार्टमेन्ट हेर्न लैजाऊ भन्ने आग्रह गरेको र पुगेपछि आफू बलात्कृत भएको उनको दाबी छ । मानसिक स्वास्थ्यको कारण आफूले बलात्कार हुँदै गर्दा प्रतिकार गर्न नसकेको ती युवतीको भनाइ छ ।
उनले सागरलाई प्रश्न गरेकी छन्– कसैको जीवन बर्बाद पारेर कस्तो हुँदै छ ?
आफू सानैदेखि मानसिक स्वास्थ्यसँग जुधिरहेकाले यो घटानाले थप जटिल भएको उनको सेयर गरेकी छन् ।
खबरहबले बुझ्दा अहिले ती युवतीसँग सम्पर्क हुन सकेन । उनी निकट साथीका अनुसार अहिले उनी सम्पर्कबाट टाढा छिन् । परिवारले पनि सम्पर्क गर्न सकेको छैन । विष्ट एकजना चर्चित कलाकारकै परिवारकी सदस्य हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij