Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

नेपाल बैंक र दराजबीच सम्झौता

नेपाल बैंक र दराजबीच सम्झौता


  • 211
    Shares

    • images
    नेपाल बैंक र दराजबीच सम्झौता

    काठमाडौं । नेपाल बैंक लिमिटेड र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

    भोलि चैत्र २० गते देखि चैत्र २७ गते सम्म लागू हुने उक्त सम्झौतापत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख  निर्मल सुवेदी र दराजको तर्फबाट प्रवन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरेका छन् ।

    नजिकिदै गरेको नयाँ वर्ष २०८३ लाई लक्षित गरी नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई-कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको हो । नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु ५०० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा ७५० सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

    उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा इ-कमर्स गर्नुपर्नेछ  र उक्त कार्य गर्दा कुनै शुल्क लाग्ने छैन । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको कुनै पनि शाखा मार्फत इ-कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई उक्त प्रयोजनार्थ आफ्नो कार्डमा इ-कमर्स गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १७:१२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij