Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

भीड नियन्त्रण मेरो कार्यक्षेत्रमा पर्दैन : रमेश लेखकको बयान

भीड नियन्त्रण मेरो कार्यक्षेत्रमा पर्दैन : रमेश लेखकको बयान


  • 162
    Shares

    • images
    भीड नियन्त्रण मेरो कार्यक्षेत्रमा पर्दैन : रमेश लेखकको बयान

    काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन दमन गरेको आरोपमा पक्राउ परेका रमेश लेखकको बयान सकिएको छ । अनुसन्धान अधिकृत र सरकारी वकिलले बुधबार साँझ उनको बयान लिएका हुन् ।

    अनुसन्धानका क्रममा अधिकृतहरूले लेखकलाई भदौ २३ मा काठमाडौंको बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्नेबारे सोधपुछ गरेका थिए । 

    गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यान सम्बन्धी कसुरमा समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका लागि प्रहरीले लेखकलाई चैत १४ गते पक्राउ गरेको हो । 

    उनले बयानमा भनेका छन्, भिड नियन्त्रण मेरो कार्यक्षेत्रमा पर्दैन । जिल्ला सुरक्षा समितिले निर्णय गरेर भिड नियन्त्रण गरिने उल्लेख गर्दै लेखकले भनेका छन्, कसैले सोधे कानुन बमोजिम गर्नु भनेको हुँला ।

    हुलदंगा हुँदा बल प्रयोग स्थलगत परिस्थितिको आधारमा खटिएका अधिकारीले निर्णय गर्ने विषय भएको लेखकले बताएका छन् । उनले बयानमा भनेका छन्, यस्ता विषयमा गृहमन्त्रीले प्रत्यक्ष आदेश दिने अभ्यास पनि छैन । आईजीपीले गृहमन्त्रीसँग अन्तिम बल प्रयोगका लागि लिखित वा मौखिक आदेश लिने कानुनी व्यवस्था र व्यवहारिक अभ्यास छैन ।

    लेखकले आईजीपीले आदेश मागेको र आफूले गोली प्रहार गर्न आदेश दिएको कुरा अस्वीकार गरेका छन् । 

    उनले गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई बल प्रयोग गर्दा हताहती नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् र समन्वयात्मक रूपमा शान्ति सुरक्षाको व्यवस्था मिलाउन आफूले निर्देशन दिएको बयानमा उल्लेख गरेका छन् ।

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १६:३०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij