Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त

नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त


  • 911
    Shares

    नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल नियुक्त भएका छन्। पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्। 

    प्रचण्डले बिहीबार सङ्घीय संसद् सचिवालयका महासचिवलाई औपचारिक पत्र पठाउँदै दुलाललाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराएका छन्। 

    संसद् सचिवालयलाई पठाइएको पत्रमा युवराज दुलाललाई दलका तर्फबाट प्रतिनिधिसभामा प्रमुख सचेतकको रूपमा संसदीय कार्यमा प्रतिनिधित्व गर्ने आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरिएको छ।

    नवनियुक्त प्रमुख सचेतक दुलाल सिन्धुपाल्चोक२ बाट निर्वाचित भएका थिए ।

     

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १६:२१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij