२०८२ चैत्र १९ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताएका छन्।
प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत जनताको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गरेका छन्।
जनताले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उक्त मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा पनि गरेका छन् । पार्टी र सरकारले बोलेर भन्दापनि काम गरेर जनतामाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।
उनले सुशासनको सवालमा कुनैपनि सम्झोता नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij