२०८२ चैत्र १९ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुने वित्तकै अवरोध भएको छ । नेकपा एमाले सांसदहरूले बैठक सुरु हुनेवित्तिकै उठेर आपत्ति जनाएका हुन् ।
एमालेका सांसदहरू उठेपछि सभा चलाइरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले एमाले सांसद गुरु बराललाई बोल्न समय दिएका छन् ।
सरकाले नेपालको संविधान मौलिक हक विपरीत काम भएको भन्दै एमालेका सांसद बरालले धारणा राखेका छन् । एमाले सांसदहरू पार्टी अध्यक्ष केपी शर्मा ओली र रमेश लेखकको पक्राउविरुद्ध सांसद बरालले आपत्ति जनाएका हुन् ।
उनले गृहमन्त्रीलाई यस विषयमा छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् । सांसद बरालले ओली र लेखकलाई रिहाइ र शान्तिपूर्ण आन्दोलनमा दमन गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij