Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

ललितपुरबाट २१ जना जुवाडे पक्राउ, ९ लाख बरामद

ललितपुरबाट २१ जना जुवाडे पक्राउ, ९ लाख बरामद


  • 99
    Shares

    • images
    ललितपुरबाट २१ जना जुवाडे पक्राउ, ९ लाख बरामद

    काठमाडौं । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर-७ स्थित चाँगाथलीबाट २१ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका दीपक बोहराले सञ्चालन गरेको ग्रिन सिटी भिल्लामा कौडी खेलिरहेको अवस्थामा जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

    जुवा खेलबाट ९ लाख ७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले बताएका छन् । 

    ग्रिन सिटी भिल्लाको दोस्रो तला बुक गरेर मोहन कृष्ण शाहीले कौडा खेलाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । गएराति जुवाखालबाट पक्राउ परेका आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिहरेको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - ११:०६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij