Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कांग्रेस संस्थापनइतर समूहको सभापति भेला स्थगित

कांग्रेस संस्थापनइतर समूहको सभापति भेला स्थगित


  • 1.3K
    Shares

    कांग्रेस संस्थापनइतर समूहको सभापति भेला स्थगित
    images

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने भनिएको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ ।विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूको धुम्बाराही बैठकले सभापतिहरूको जिल्ला भेला स्थगित गरेको हो ।

    निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको दुई दिने बैठक बोलाएका थिए ।

    बैठकले तत्कालका लागि जिल्ला सभापतिहरूको भेला स्थगित गरेको नेताहरूले जानकारी दिएका छन् । इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि भेला स्थगित गरिएको धुम्बाराही बैठकमा सहभागी नेताहरूको भनाइ छ ।

    एक शीर्ष नेताले थप आन्तरिक छलफल गरेर जिल्ला सभापति भेलाबारे निर्णय गरिने जानकारी दिएका छन् ।   

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - ११:२४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij