Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

कुवेतमा निधन भएका ९ शवसंगै ल्याइएको अलपत्र परेका ३१८ नेपाली भैरहवामा ओर्लिए

कुवेतमा निधन भएका ९ शवसंगै ल्याइएको अलपत्र परेका ३१८ नेपाली भैरहवामा ओर्लिए


  • 183
    Shares

    • images
    कुवेतमा निधन भएका ९ शवसंगै ल्याइएको अलपत्र परेका ३१८ नेपाली भैरहवामा ओर्लिए

    बुटवल। कुवेतबाट आएको कुवेत एयरवेजको बोईङ ७७७–३०० विमान बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण कुवेतमा अलपत्र परेका ३ सय १८ नेपाली नागरिकलाई लिएर आएको उक्त चार्टर विमान बेलुका साढे ७ बजे भैरहवास्थित विमानस्थलमा अवतरण गरेको हो।

    विमानस्थलका महाप्रबन्धक श्याम किशोर शाहका अनुसार ३ सय ४५ सिट क्षमताको उक्त विमानमा ३ सय १८ यात्रुसहित केही कार्गो ल्याइएको छ ।साथै कुवेतमा निधन भएका ९ नेपाली नागरिकका शवसमेत सोही विमानमार्फत ल्याइएको उनले जानकारी दिए।

    मृतकहरुमा सम्झना गोले (सिन्धुपाल्चोक), वसन्त राइ (खोटाङ), कोपिला थामी (उदयपुर), रमेश कुमार मोचि (सिरहा), यमुना सुनार (सुर्खेत), कृष्ण राम्जा वुढा (सल्यान), खुशीराम चौधरी (दाङ), रमेश नेपाली (तनहु) र मन्जु मोक्तान पाख्रिन (सिन्धुली) का रहेका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त विशेष चार्टर उडानका लागि आवश्यक अनुमति प्रदान गरेको थियो। साहका अनुसार मध्यपूर्वको तनावपूर्ण अवस्थाका कारण नियमित उडान प्रभावित भएपछि अलपत्र परेका नेपालीलाई प्राथमिकतामा राख्दै उद्धार उडानको व्यवस्था गरिएको हो। कुवेतस्थित नेपाली दूतावाससँगको समन्वयमा स्वदेश फर्किन चाहने नागरिकलाई ल्याइएको उनले बताए।

    महाप्रबन्धक शाहका अनुसार यसअघि चीनबाट आएको उडानमा पनि उल्लेख्य संख्यामा यात्रु आएका थिए, तर ३ सय १८ यात्रु संख्या अहिलेसम्मकै उच्च रहेको छ। यस अवतरणलाई विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक क्षमताको परीक्षणका रूपमा समेत लिइएको छ। रनवे, ट्याक्सी–वे, एप्रोन, एयरफिल्ड लाइटिङ प्रणाली तथा सञ्चार उपकरणहरू ठूला विमान सञ्चालनका लागि सक्षम रहेको विमानस्थल प्रशासनको दाबी छ।

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - ०७:१६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij