Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

दासढुङ्गा र घुमाउनेमा दुर्घटना हुँदा २५ जना घाइते

दासढुङ्गा र घुमाउनेमा दुर्घटना हुँदा २५ जना घाइते


  • 148
    Shares

    • images
    दासढुङ्गा र घुमाउनेमा दुर्घटना हुँदा २५ जना घाइते

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते भएका छन्। केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
     
    दासढुङ्गामा आज अपराह्न ३ः४० बजे बस र तेल ट्याङकर ठोक्किँदा १३ जना तथा घुमाउने क्षेत्रमा यात्रुवाहक इभी माइक्रो र टिपर ठोक्किँदा चालकसहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
     
    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार दासढुङ्गामा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७०३६ नम्बरको बसले सडक किनारामा रोकिएको ना ४ ख २५०३ नम्बरको तेल बोकेको ट्याङ्करलाई ठक्कर दिएको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा पठाइएको छ।

    घाइतेमध्ये नाम, थर र वतन नखुलेका अन्दाजी ३८ वर्षीया महिला र २५ वर्षीय पुरुषको अवस्था गम्भीर रहेको तथा उनीहरू बोल्न नसक्ने अवस्थामा रहेको उनले जानकारी दिए। अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको छ। दुर्घटनापछि बस र ट्याङ्करका चालक फरार रहेका छन्।

    त्यसैगरी आजै घुमाउने क्षेत्रमा भएको दुर्घटनामा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००९३ नम्बरको इभी माइक्रो र विपरीत दिशाबाट जाँदै गरेको ना २ क ५८८ नम्बरको टिपर ठोक्किएका हुन्।
     
    दुर्घटनामा परेको माइक्रोमा तीर्थ यात्रामा निस्किएका महोत्तरीको किसाननगर–६ स्थित ‘न्यू सरस्वती स्वावलम्बन महिला केन्द्र (नम्बर ८८)’ का सदस्यहरू सवार थिए। सबै घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा एक जनाको अवस्था गम्भीर, नौ जनाको मध्यम र तीन जनाको सामान्य रहेको छ।

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १९:२४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij