Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

उच्च अदालतले महेश बस्नेत प्रकरणमा रिट खारेज गर्‍यो, सरकारी पक्षको निर्णय कायम

उच्च अदालतले महेश बस्नेत प्रकरणमा रिट खारेज गर्‍यो, सरकारी पक्षको निर्णय कायम


  • 1.0K
    Shares

    • images
    उच्च अदालतले महेश बस्नेत प्रकरणमा रिट खारेज गर्‍यो, सरकारी पक्षको निर्णय कायम

    काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दिएको रिट उच्च अदालतले खारेज गरेको छ। पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्।

    उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले पाठकको रिट खारेज गर्दै जिल्ला सरकारी वकिल काठमाडौंको निर्णय सदर गरेको हो।

    पाठकले जिल्ला प्रहरी परिसरमा बस्नेतविरुद्ध उजुरी दिएकी थिइन्। उनको रिटमा दाबी नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध पाठक उच्च अदालत गएकी थिइन्। उच्चको यो फैसलासँग महेश बस्नेतविरुद्ध शोभा पाठकको आरोप खारेज भएको छ।

    रिट खारेज गर्ने अदालतले आदेश दिएसँगै बस्नेतले विगत तीन वर्षदेखि दिँदै आएको दुःख आजबाट अन्त्य भएको बताएका छन्।

    उनले भनेका छन्, ‘झुटा मुद्दा र बनावटी विवरण पेस गरेर राजनीतिक आग्रह बोकेका केही व्यक्तिहरूको उक्साहटमा ममाथि लगाइएका आरोपहरू पहिलो पटकमै खारेज भएका थिए। त्यसपछि पूरक जाहेरीका नाममा गरिएको दोस्रो प्रयास पनि उच्च अदालत पाटनबाट खारेज भएको छ।’

    उनले आफ्नो चरित्रहत्या गर्ने र परिवारलाई समेत अनावश्यक दुःख दिइएको गुनासो गरेका छन्। गृहमन्त्री सुधन गुरुङको निर्देशनमा गिरफ्तारको दुष्प्रयास समेत भएको भन्दै यी सम्पूर्ण घटनाकाविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्।

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १८:२८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij