२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो ।
पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दीप्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए । पूर्वमन्त्री खड्का सम्पत्ति शुद्धिकरणमा अनुसन्धानका लागि आइतबार पक्राउ परेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij