Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

प्रधानमन्त्री शाह र मधेशका सांसदहरूबीच तीन घण्टा छलफल

प्रधानमन्त्री शाह र मधेशका सांसदहरूबीच तीन घण्टा छलफल


  • 267
    Shares

    • images
    प्रधानमन्त्री शाह र मधेशका सांसदहरूबीच तीन घण्टा छलफल

    काठमाडौं । मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री बालेन शाहले भेटघाट गरेका छन् । प्रदेश अनुसार प्रत्यक्ष निर्वाचित सांसद भेट्दै आएका बालेनले आज मधेश प्रदेशका सांसद भेटेका हुन् ।

    १२ बजे बोलाइएको छलफलमा सबै सांसद केही अगाडि नै पुगेका थिए । बजेट आउनुअघि छोटो अवधिमा गर्न सकिने कामहरूबारे छलफल गर्न बोलाइएको उक्त बैठक दिउँसो १२ बजेदेखि ३ बजेसम्म चलेको थियो ।

    बैठकको सुरुवातमा छलफलको उद्धेश्यबारे प्रधानमन्त्री कार्यालयका असिम शाहले छोटो ब्रिफिङ गरेका थिए । 

    छलफलमा सहभागी सांसदहरुका अनुसार, बालेनले करिब डेढ मिनेट बजेटअघि आफूले सांसदहरुलाई त्यसमा समेट्नुपर्ने विषयबारे बुझ्न खोजेको बताएपछि सांसदहरुले क्रमशस् आफ्नो भनाई राख्न थाले ।

    छलफलमा सहभागी सांसदहरूले पालैपालो बोल्दै आफ्नो निर्वाचन क्षेत्र र समग्र मधेश प्रदेशका समस्याहरू राखेका थिए ।

    यसअघि प्रधानमन्त्री बालेनले कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित  सांसदसँग भेटघाट गरिसकेका छन् ।

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १६:०५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij