Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि

सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि


  • 218
    Shares

    • images
    सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि

    काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने भएको छ । 

    बुधवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले चैत २० गते उम्मेदवारी मनोनयन गर्ने र २२ गते निर्वाचन गर्ने कार्यतालिकामा सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनको पहिलो बैठकको कार्यसूचि र सञ्चालन प्रक्रियाबारे दलहरूबीच समझदारी बनेको जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभाको बिहीवारको पहिलो बैठकमा सभामुखको निर्वाचनसम्बन्धी प्रश्ताव पेश हुने भएको छ ।

    बैठकले नयाँ नियमावली नबन्दासम्म हालकै संसद नियमावलीका आधारमा बैठक सञ्चालन गर्ने र पहिलो बैठकबाटै नियमावली प्रतिस्थापनको प्रक्रिया अघि बढाउने निर्णय गरेको पनि उनले बताए । साथै हाउसको पहिलो बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको चयन प्रक्रिया शुरु गरिनुका साथै शिर्ष नेताहरूले शुभकामना दिने कार्यसूचीमा सहमति जुटेको बुर्लाकोटीको भनाइ छ । 

    सभाको पहिलो बैठकमा गत भदौ अन्तिम साताको जेनजी आन्दोलनका शहीदहरुप्रति श्रज्ञाञ्जली व्यक्त गर्ने कार्यसूची पनि रहेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीकी संसदीय दलकी प्रमुख सचेत खुश्बु ओलीले संसदको नियमावली संशोधन गर्नेबारे सबै दलहरु सकारात्मक रहेको बताए ।

    उनले कार्यव्यवस्था परामर्श समितिमा सबै दलहरुको समान सहभागिता रहनुपर्ने आफ्नो पार्टीको धारणा रहेको पनि बताए। उनले संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी समन्वय र सहकार्यसहित प्रभावकारी उपस्थिति जनाउने बताए।

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १५:५१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij