२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७४.७३ अंकले घटेर २,७७६ को विन्दुमा कायम भएको छ ।
आज १३ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २५५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३४७ कम्पनीको ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ ।
त्यस्तै बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशत घटेको छ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको ७१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ४५ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ४३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij