Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी


  • 2.0K
    Shares

    गालीगलौज तथा बलात्कारको धम्की दिनेविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी
    images

    काठमाडौं । नेकपा (एमाले) समर्थक जेनजी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकि छिन् । 

    पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि साइबर ब्यूरोमा उजुरी दिएकि हुन् । उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताइन् । 

    सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उनको भनाइ छ । आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भएपनि आफूमाथि नकारात्मक प्रतिक्रिया दिइएको उनको आरोप छ ।
     
    उनले भनिन्, ‘मेलै बोलेको भिडियोको दुरुपयोग गर्ने तथा सामाजिक सञ्जालको कमेन्ट बक्समा गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिने सबैविरुद्ध साइबर ब्युरोमा उजुरी हालेका छौँ । यो अवस्थामा मेरो परिवारले मलाई सहयोग नै गरेको छ । मैले केही गलत नगरेको तथा नबोलेको विषयमा परिवारका सबै सदस्यलाई थाहा नै छ । सोही कारण परिवारबाट सहयोग छ ।’

    1775030928-IOuUG.jpg1775030928-IOuUG.jpg

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १५:२९:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij