२०८२ भाद्र ९ गते सोमवार
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको मृत्यु भएको छ ।
निकुञ्जभित्रबाट गाउँ पसेको हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ सरखुल खपतपुरकी ३७ वर्षकी चन्द्रा विकको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।
मृतक चन्द्राकी छोरी दीपिका गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा बिहान उपचारका क्रममै मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत थापाले बताउनुभयो ।
घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र उनकी तीन वर्षकी छोरी दीपिकालाई गयराति हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठसहितको टोली आज घटनास्थल पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij