Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी

संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी


  • 603
    Shares

    • images
    संघीय संसद् सचिवालयमा सर्वदलीय बैठक जारी

    काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ ।

    संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी भएका छन्

    गत २१ फागुनको निर्वाचनपछि यो पहिलो औपचारिक बैठक हो ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूसहित संघीय संसदको पहिलो बैठक भने १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । 

    प्रतिनिधिसभाको अबको बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ । यसका अलावा राजनीतिक दलहरूले चाहेको खण्डमा शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने अभ्यास छ ।

    यसपटकको प्रतिनिधिसभामा रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रमसंस्कृति र राप्रपा गरी ६ वटा दलले राष्ट्रिय मान्यतासहित प्रतिनिधित्व गरेका छन् । एक जना स्वतन्त्र ९महावीर पुन० निर्वाचित सांसद छन् ।

     

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १३:३८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij