Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

अप्रिल फूलमा प्रहरीको जुक्ति: उजुरी हेर्न क्यूआर स्क्यान गर्नेहरू दंग

अप्रिल फूलमा प्रहरीको जुक्ति: उजुरी हेर्न क्यूआर स्क्यान गर्नेहरू दंग


  • 659
    Shares

    • images
    अप्रिल फूलमा प्रहरीको जुक्ति: उजुरी हेर्न क्यूआर स्क्यान गर्नेहरू दंग

    काठमाडौं । नेपाल प्रहरीले आज अप्रिल फूलको अवसर पारेर नागरिकहरूलाई प्रविधिमार्फत हुने ठगीबाट बच्न एक रोचक र सचेतनामूलक सन्देश प्रवाह गरेको छ । 

    प्रहरीको आधिकारिक सामाजिक सञ्जाल पेजमा ूतपाईं विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन रु सुनिश्चित गर्न यो क्यूआर कोड स्क्यान गर्नुहोस्ू भन्ने सन्देशसहितको एउटा पोस्टर सार्वजनिक गरिएको छ  ।

    धेरै नागरिकहरूले आफ्नो नाममा उजुरी परेको छ कि भनी कौतूहलवश उक्त कोड स्क्यान गरेका थिए । तर, स्क्यान गरेपछि उनीहरूले कुनै उजुरीको विवरण नभई अप्रिल फूलको सन्देश र साइबर सुरक्षासम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गरेका छन् । 

    यसपटक नेपाल प्रहरीले समेत धेरैलाई मूर्ख बनाएर ‘अप्रिल फुल’ मनाएको छ । तर, अप्रिल फुल मनाउँदै गर्दा प्रहरीले जनचेतनामूलक सन्देश समेत दिएको छ । 

     

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १३:२५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij