Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

पारदर्शी र नागरिकमैत्री सेवा प्रदान गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

पारदर्शी र नागरिकमैत्री सेवा प्रदान गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन


  • 232
    Shares

    • images
    पारदर्शी र नागरिकमैत्री सेवा प्रदान गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । 

    बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरीक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।

    उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन् । निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको काम कारबाही सेवा, प्रवाह र अपराध अनुसन्धानका विषयमा जानकारी लिनुभएको परिसर प्रमुख एसएसपी थापाले बताएका छन् ।

    एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढी सीसीटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोड पछि ९ सय ३७ वटा सीसीटिभी पुनः जडान भइसकेको जानकारी दिएका छन् । 

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १३:१४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij